नक्सालमा ग्रेडिङ्ग सम्पन्न,जेशन,अनुष्का उत्कृष्ठ र नेन्सी उदयीमान

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं l नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा जुनियर ग्रेडिंग ( पेटी परिक्षा ) बुधवार देखि शुरु भई शु्क्रवार एक बिशेष कार्यक्रम बिच सम्पन्न भएको छ । उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन-बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिंग भएको थियो । ग्रेडिंगमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा जेनिशा श्रेष्ठ,सुनेना श्रेष्ठ,नेन्सी तामाङ्ग,अनुष्का सुनुवार र स्वर्णिमा महर्जन रहेका छन । त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ जेशन न्यौपाने,अन्वेषराज पराजुली,सरस्वती तामाङ्ग,सुस्मिता कार्की उत्तीर्ण भएकाछन । त्यसैगरि योगेश ढकाल सेकेण्ड क्यु देखि फस्ट क्यु ब्राउन बेल्टमा उत्तीर्ण भए । १५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिंग नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् नेपाल स्वयम-सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् अन्तराष्ट्रिय निर्णायक गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ ले लिएका थिए । पुरुष तर्फ जेशन न्यौपाने र महिला अनुष्का सुनुवार उत्कृष्ठ खेलाडि भए भने उदयीमान खेलाडि नेन्सी तामाङ्ग घोषित भए । उत्तीर्ण हुन सफल खेलाडिहरुलाई नक्साल डोजोका अध्यक्ष गजेन्द्र बहादुर खपाँगी , उपस्थित, अतिथि,अभिभावक लगायतले अविर,प्रमाण-पत्र तथा बेल्ट बितरण गर्नुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय खेलाडि तथा स-प्रशिक्षकहरु आकाश पाल,रश्मिता श्रेष्ठ, शाखाडोजो नक्सालका कोषाध्यक्ष एबम स-प्रशिक्षक पुनम थापा, नक्साल डोजोका पदाधिकारीहरु, अभिभाबक, बिभीन्न मिडियाका पत्रकारहरु लगायत खेलप्रेमी महानुभावहरुको उल्लेख्य उपस्थिती रहेको थियो । बिगत २३ बर्ष देखि सन्चालनमा रहेको नेपाल कै प्रख्यात डोजो नक्साल को विभिन्न शाखाको रुपमा काठमाण्डौ उपत्यकामा ज्ञानेश्वर डोजो, मनमानेश्वरी डोजो,बिग वुध्द डोजो,भगवती डोजो र उपत्यका बाहिर सिमरा डोजो र गढिमाई डोजो ,महेशपुर डोजो सन्चालनमा रहेको छ भने नक्साल डोजोले आगामी जेठ महिनामा को दोश्रो साता बहुप्रतिक्षित प्रतियोगिता आठौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताक्को समेत आयोजना गर्दैछ ।

Facebook Comments Box