काठमाडौं: मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्वन्धी सम्झौता हुने भएको छ । आज साँझ पाँच बजे होटल अलफ्ट ठमेलमा दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको हो । हिमालयन बैंकले मर्ज तोडेपछि सुरु गरेको मर्ज प्रक्रियामा नेपाल इन्भेष्टमेन्ट बैंकलाई यो सफलता हात पारेको हो ।
मर्जरपछि बन्ने बैंकको नाम, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको घोषणा आजै हुने बताएको छ । हाल इन्भेष्टमेन्ट बैंकमा अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सिइओ ज्योतिप्रकाश पाण्डे रहने छन् । त्यस्तै मेगा बैंकमा अनुपमा खुञ्जलीको अवधि सकिएपछि सिइओ पद खाली रहेको छ भने अध्यक्षमा भोजबहादुर शाह रहेका छन् ।
इन्भेष्टमेन्ट बैंकका एक बोर्ड सदस्यका अनुसार इन्भेष्टमेन्ट ८५ कित्ताभन्दा बढी शेयर बराबर मेगा बैंकको सय कित्ता शेयरको अनुमातमा स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको बताए ।
Facebook Comments Box