प्रमुख क्रिकेट प्रशिक्षकको टुंगो २/३ दिन भित्रै लाग्छ : क्यान

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक २/३ दिन भित्रमा नै नियुक्त गर्ने बताएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमणअघि नै नेपाललाई प्रशिक्षक चाहिएकाले छिट्टै नियुक्त गरिने बताए । उनले भने, ‘हामीलाई जति सक्दो छिटो प्रशिक्षक चाहिएकोले २/३ दिन भित्र नै प्रशिक्षकको टुङ्गो लगाउने क्यानको तयारी रहेको छ ।’

उनका अनुसार यसअघि पुबुदु दाशानाइके नियुक्त हुँदा बैकल्पिकमा रहेका भनिएका मध्येबाट मात्रै नभई नयाँ व्यक्ति नै प्रशिक्षक बनेर आउने सक्ने उनले बताएका हुन् । उनले भने, ‘पहिलाको सर्टलिष्टबाट नै आउँछ भन्ने छैन । त्यो भन्दा राम्रो प्रशिक्षक अझ छिटो उपलब्ध हुने भएमा अन्य पनि हामी अनुबन्ध गर्न सक्छौं ।’
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *