राष्ट्रपतिले प्रचण्डसहित माओवादी नेतालाई छलफलका लागि बोलाइन्

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटघाटको लागि बोलाएकी छन्। बुधबार दिउँसो ३ बजे भण्डारीले माओवादी अध्यक्षसहितका नेताहरुलाई भेटघाटको लागि बोलाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले दिउँसो ३ बजे आसपास माओवादी अध्यक्ष दाहाललाई डाक्नुभएको छ, अध्यक्षसहित अन्य दुई–तीन जना नेताहरु पनि आउनुहुन्छ।’

नागरिकता विद्येयक राष्ट्रपति कार्यालयबाट पुनर्विचारको लागि फिर्ता पठाएपछि भण्डारीले नेपाली कांग्रेस र नेकपा एमालेसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्। नागरिकतालगायतका विषयमा छलफल गर्न बोलाएको हुन सक्ने माओवादीका एक नेताले देशसञ्चारलाई बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *