खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा सेटिङको चर्चा, बजार अनुगमन सुस्त

Uncategorized प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिंदै गर्दा उपभोक्ताले उपभोग्य वस्तु धेरै उपयोग गर्ने समयमा गुणस्तरीय वस्तु बजारमा विक्री भएको नभएको अनुगमन गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग निस्कृय देखिएको छ । बजारमा गुणस्तरहीन खाद्यवस्तु फेला परिरहेता पनि त्यस्ता खाद्यवस्तु जफतगरी नष्ट गर्ने, त्यस्ता वस्तु विक्री वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने जिम्म पाएको विभागको नेतृत्व भने बजार अनुगम नगरेर कमाउ धन्दामा सक्रिय रहेको जनगुनासो आउन थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सामाग्री फलपूल, दुध पानी लगायत वस्तुको गुणस्तर जाँच गर्न नमुना संकलन गरी त्यसको जाँच गर्ने अधिकारको दुरुपयोग गरी व्यापारी व्यवसायी र उत्पादकबाट व्यापक रुपमा रकम असुली गर्ने र गुणस्तर नपुगेका खाद्यवस्तुलाई प्रमाणपत्र समेत दिने गरेको चर्चा अहिले विभागभित्र व्याप्त सुनिन थालेको छ ।

खाद्य अनुसन्धानले विस्कुट, चकलेट, चाउचाउ, आइसक्रिम, दूध, पानी, बेकरी जस्ता उत्पादनको नमुनालाई ल्यावमा आफ्नो अनुकूल गुणस्तर प्रमाणपत्र दिने गरेको चर्चा चलिरहेपनि कृषि मन्त्रालय तथा सम्बन्धित निकायका अधिकारीहरु विभाग माथि निगरानी राख्नबाट बेखबर झैं देखिएका छन् । दशैंको मुखमा व्यापक रुपमा खाद्य रामाग्रीको नमूना संकलन गरी रिपोर्ट दिने वहानामा व्यापारीहरुसँग रकम उठाउन विभाग भित्र केही कर्मचारीहरुको टोली नै सकृय रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार महानिर्देशक मतिना वैद्य र खाद्य प्रविधि विशेषज्ञ शैलेसकुमार झाले सेटिङमा आफ्ना निकटस्थ कर्मचारीहरु राकेश मण्डल र कौशल ओझा लगायतलाई खटाएर माथि सम्म दशैं खर्च पु¥याउने वहानामा मोटो रकम असुली गर्ने कार्य चलिरहेको छ । जसका कारण बजार अनुगमन र गुणस्तर परिक्षणको कार्य प्रभावित बन्दै गइरहेको देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *