सरकारले ल्याएको नीति तथा कार्यक्रमको बिरोध गर्नु कुनै तुक छैन – रामुकान्त अर्याल

खवर पाटी (खोज खबरको अभियान)

कोभिड-१९ को माहामारी को बिचमा आएको नीति तथा कार्यक्रम प्रती धेरैको चासो रहेकोे थियो । नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा बर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्बाधार निर्माण ,शिक्षा ,रोजगारी र आर्थिक पुनर्स्थापन हुने ।

देशको अर्थतन्त्र लाई उत्पादनशिल र सुदृढ तुल्याइने । कोभिड-१९ ले रास्ट्रको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकोले त्यसको पुनस्र्त्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यन्वयन गरिने ।आर्थिक गतिविधि बढाउने, उत्पादनशिल क्षेत्रमा प्रयाप्त लगानी गर्ने, फजुल खर्छ घटाउने, बिकास निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

हालको माहामारी बिश्वब्यापी भएकोले वैदेशिक सहयोगमा कमि आउने निश्चित प्रायः भएकोेले आगामी आ.व.मा आन्तरिक स्रोतको परिचालनलाई अधिक प्राथमिकता दिने तथा आत्मनिर्भर अर्थतन्त्रको बिकासमा जोड दिइने नीति तथा कार्यक्रममा राखिएको छ। कृषिको व्यावसायिक प्रबर्द्धन, औद्योगिक बिकास तथा उत्पादकत्व वृद्धि, गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनाको पुन:प्राथमिकिकरण गरेर अघि बढने नीति अवलम्बन गरिने रहेका छन।

कृषि उत्पादकत्व १० बर्षमा दोब्बर गर्न कृषिको आधुनिकीकरण र ब्यावसायीकरणको योजनासहित कृषि पूर्बाधारमा ठुलो लगानी गरिने नीति अवलम्बन गरिने छ।”समृद्द नेपाल ,सुखी नेपाली ”को राष्ट्रिय आकान्क्षा पूरा गर्न महामारीका कारण समग्र सामाजिक -आर्थिक पक्षमा परेको प्रतिकुलता समेतलाई सम्बोधन गर्दै नेपाल सरकारले देहायका रणनीतिक आधार र पक्षहरु लाई ध्यानमा राखी आ.व.२०७७/०७८ को निति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

(क) आन्तरिक स्रोत परिचालन

(ख) अर्थतन्त्र लाई उत्पादनशिल र सुदृढ बनाउने

(ग) रोजगारि को सृजना ,उत्पादनशिल क्षेत्रमा लगानी ।

(घ) आर्थिक उपलब्धि र बिकासका प्रतिफलहरुको समन्यायिक वितरण।

(ङ) गतिशील सामाजिक जिवनको स्थापना ।

(च) बित्तीय अनुशासन कायम गर्ने। फजुल खर्चको कटौती ।

(छ) भ्रष्टाचार नियन्त्रण । सेवा प्रवाहमा सुधार ।

(ज) कोभिड-१९ महामारी मुक्त देश बनाउने । जसले गर्दा देशले ठुलो बिकासको फड्को मार्ने जनबिश्वार रहेको र नव युगको शुरुवात गरिएको छ । तसर्थ केपि सरकारले ल्याएको नीति तथा कार्यक्रम लाइ बिरुध गर्नु कुनै तुक छैन ।

  •  प्रध्यापक : रामुकान्त अर्याल
Facebook Comments Box