मेरो राजनीतिक यात्रा

विचार
खवर पाटी (खोज खबरको अभियान)

आँपपिपल,गोरखामा जब म ८ कक्षामा अध्ययनरत थिएँ, तब शुरु शुरुमै फौद थापा सर, गुञ्जमान सर, फौद थापा सरको भाइ कमल थापालगायतका केही पाका तथा दाज्यु दिज्यूहरुले विभिन्न समयहरुमा गरी नेपालमा प्रजातन्त्र, सामाजिक, धार्मिक, आर्थिक विषयहरुबारे बोल्न र लेख्न—छाप्न पाउने स्वतन्त्रता नभएको पञ्चायती व्यवस्था निरंकुश तानाशाही भएको, राजाको एकलौटी मनपरी शासन भएको, जनता स्वतन्त्र नभएको, नेपाली जनताहरु नागरिकीय जन्मसिद्ध अधिकारबिहीन भएको,मानवाधिकार हनन भएको,भ्रष्टाचार,घुसखोरी र लुट सुदखोरी खुब बढेको,बेइमानी ढाँट,छलकपट, फट्याइँ, ठगी बेस्सरी बढेको, ब्याजको स्याज र प्याज लिने शोषणयुक्त चलनले अधिकांश नेपालीहरु पीडित भएको, देशको अर्थतन्त्र मारवाडीहरुको हाथमा गएको,नेपाल र नेपालीहरु संसार कै अति गरिब र पिछडिएको अविकसित अवस्थामा रहेको, बेरोजगारी र महंगी निकै नै बढेको, नेपालका जमिन, नदी—नाला, बन र मान्छेसमेत विदेशीहरुलाई बेचेको, गोरखाली युवाहरुलाई भर्ती केन्द्रद्वारा बिदेशीलाई भाडाको टट्टुको रुपमा बेचेर राणा र शाह राजाहरुले अकुत कमाएको, नेपाली जनताहरु अझै पनि दास भूदासको नारकीय कठिन जिन्दगी बिताउन वाध्य पारिएको, नेपालीहरु र नेपाल देश संसारमा एकदमै गरिब भएको र जनताले चुनेको मान्छेले देशको संविधान, नियम कानून बनाउन नपाएको र देशको शासन(सत्ता चलाउन नपाएको जस्ता कतिपय जनताका हक(अधिकारका कुराहरु गरी, राजा महेन्द्रको शासनको खुब विरोध गरेको सुन्थें र ती नै कुराहरु म लगायत हामीलाई हाम्रा उमेरका अरु केटाकेटीहरुलाईसमेत लुकिछिपी सिकाउनु हुन्थ्यो । बेलाबेलामा यस्तै विषयहरु भएका पुस्तक(पुस्तिका(पत्र(पत्रिकाहरु ल्याएर पढ्न दिनु हुन्थ्यो । खासगरी आँपपिपल भञ्ज्याङ्गमा भएको सानो पुस्तकालयको आड र आधारमा विभिन्न खालका विभिन्न विषयहरुका किताबहरु पढ्ने(पढाउने(पढ्न लगाउने गर्नुहुन्थ्यो ।

त्यो पुस्तकालयको तर्फबाट एक पटक प्याउलीू नामक साहित्यिक पत्रिका पनि निकालेको थाहा छ मलाई । त्यो पुस्तकालय र प्याउली पत्रिका छापेर निकाल्न मैले पनि अति थोरै (शायद रु २. होला) आर्थिक र श्रमको सहयोग गर्ने मौका पाएको थिएँ । जसको सह्राना त्यतिखेरका हाम्रा अग्रज(सरहरुले गर्नु भएको थियो । मेरो दिमागमा त्यतिखेर सरहरुले सिकाएका कुराहरुमध्ये,ूराजनीतिक स्वतन्त्रता,आर्थिक स्वतन्त्रता,धार्मिक स्वतन्त्रता र वाक(अभिव्यक्ति तथा प्रकाशन(प्रसारण स्वतन्त्रतासहितको प्रजातन्त्रका लागि ठूलो त्यागसहितको संघर्ष गर्नु पर्छू भन्ने कुरा गडेर रहिरह्यो । त्यतिखेर समय—समयमा राष्ट्रपुकार भन्ने साप्ताहिक पत्रिकाहरु पनि ल्याएर,किनेर पढ्न दिनु हुन्थ्यो(सरहरुले । सारमा भन्नू पर्दा सरहरु तथा अग्रजहरुले ूराजतन्त्रात्मक पञ्चायती राज्य व्यवस्थाको समूल अन्त्य गरी,प्रजातन्त्रको स्थापना गर्नु पर्छ भन्ने विचार नै मेरो हृदयमा हालीदिनु भयो(जुन धारणा मलाई पनि ठीक लाग्यो । यसरी ूपञ्चायती राजतन्त्रात्मक शासन व्यवस्थाूप्रति मेरो दील(दिमागमा तीब्र घृणा उत्पन्न भयो र अन्तिम क्षणसम्म कायम रहिरह्यो । यसरी म राजा,पञ्चायत र पञ्चेविरोधी भएँ । हुन त पञ्चायत विरोधी भावना ममा अमरसिँह माध्यमिक विद्यालय,रामघाट पोखरामा ६ र ७ कक्षामा अध्ययनरत रहँदा नै उब्जेको थियो । त्यतिखेर गोरखाको आँपपिपल र यसको सेरोफेरोमा पञ्चायती राजतन्त्रको समूल अन्त्य र गणतान्त्रिक विचार राख्नेहरुको संख्या उल्लेखनीय थियो । जबकि प्रधान पञ्चको चुनावमा जहिले पनि शम्भुलाल श्रेष्ठ काकाले जितिरहनु हुन्थ्यो भने एक पटक सिमपानीका रुद्र बस्नेत बुवाले जित्नु भएको मलाई सम्झना छ । आँपपिपलको लिगलिगदेखि हर्मी भञ्ज्याङ्गसम्म प्रायश ढकाल खलक(बन्धुहरु र सिमपानीका भोजराज मर्हट्टा सरलगायतका कतिपय जनहरु यस्तै विचारधाराले ओेतप्रोत हुनुहुन्थ्यो ।

यही समयताका लप्सीबोट(खरिबोट तिरका एकजना कोमल धिताल सर९जस्को लुईटेल भञ्ज्याङ्गमा पुस्तक, स्टेशनरी पसल थियोले राती आएर मलाई मेरो घरबाट सुटुक्क बोलाई लगेर, आँपपिपल अस्पतालको प्रयोगशालामा काम गर्ने एकजना बृटिश प्राविधिक टोनी ब्रायनको निवास आँपपिपलको मण्डली भवनसँग जोडिएको घरमा लगी, राती १२ बजेसम्म केही राजनीतिक शिक्षा दिई एक सुका तिर्न लगाई, मलाई नेपाली काँग्रेसको चौवन्नी सदस्यता दिनु भयो र म जिन्दगीमा पहिलो पटक राजनीतिक रुपले संगठित भएँ । टोनी ब्रायनको डेरा डाँडामाथि आँपपिपल मण्डली भवनसँग जोडिएको थियो । त्यो रात टोनी ब्रायनले मलाई ब्लAnarchism,Freedom,Independent,Democracy,Socialism,Communism,Monarchism,Feudalism र Republic बारे लिखित-माैखिक कक्षा लिनु भएकाे थियाे र मेराे दैनिकी(Diary)खातामा उहाँले आफ्नै हातले ती सबैका परिभाषाहरु लेखेर मलाई दिनु भएकाे थियाे । यो प्रकृया(विधि पूरा गरी, कसम खाई, म त्यो रात ूनेपाली काँग्रेसू बनेको थिएँ आँपपिपल, गोरखामा । नेपाली काँग्रेसको सदस्यता पाएपछि ममा एउटा ठूलो जिम्मेवारी आईपरेको र आफूलाई राजतन्त्रको विरुद्धमा लड्ने र राजतन्त्र एवं पञ्चायती ब्यवस्था उन्मूलन गरेर राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, वाक अभिब्यक्तिस्वतन्त्रतासहितको हिन्दूस्तानको जस्तो प्रजातन्त्र ल्याउने अठोट गरेको थिएँ । किनकि मलाई सिकाईएका यी नै कुराहरु थिए । क्रमश……….

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *