पुटिन र सी जिनपिङबीच भेटवार्ता

विश्व
खवर पाटी (खोज खबरको अभियान)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएकाे छ। उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हाे।

भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्।युक्रेनमा भएको आक्रमणपछि यी दुईबीचको यो पहिलो भेट हो।

पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् भने  जिनपिङले चीन रुससँग ‘ठूलो शक्ति’ जस्तै काम गर्न इच्छुक रहेको बताएका छन्।

चीनद्वारा जारी प्रेस विज्ञप्तिमा पुटिनले भनेका छन्, ‘विश्वभर धेरै परिवर्तनहरू भइरहेका छन्, तर परिवर्तन नभएको एउटा कुरा रुस र चीनबीचको मित्रता हो। रुस र चीनबीचको साझेदारी पहाडजस्तै बलियो छ। रुस र चीन दुवैले समान र राम्रो अन्तर्राष्ट्रिय परिस्थितिको लागि काम गरिरहेका छन् र यो अन्तर्राष्ट्रिय सम्बन्धको लागि उदाहरण हो।’

रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ। रुसको आक्रमणलाई चीनले खुलेर समर्थन गरेको छैन तर रुससँगको व्यापार बढाइरहेकाे छ। पुटिन र जिनपिङले यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेट गरेका थिए। चीनले रुससँग संयुक्त सैन्य अभ्यास पनि गरेको छ र रुसले विश्वका अन्य देशमा नाकाबन्दी लगाएपछि चीन रुसको साथमा उभिएको देखिन्छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *