मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ नेपाली, तीनजना घाइते

मुख्य समाचार विश्व
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार उक्त गाडीमा सवार ११ मध्ये तीन नेपाली घाइते भएका छन् । दूतावासका अनुसार घाइते तीन नेपालीको उपचार भइरहेको छ । उनीहरू सबै मेक्सिकोको अध्यागमन अधिकारीको नियन्त्रणमा छन् । “बुधबार भएकाे घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन,” दूतावासले भनेको छ । यसअघि उक्त घटनामा एक नेपालीको गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा समाचार आएका थिए ।

अबैधरूपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरू चढेको गाडी मेक्सिको र ग्वाटेमालाको सिमानामा रोक्न आग्रह गर्दा भाग्न खोजेको भन्दै मेक्सिकन सेनाले गोली चलाएको थियो । जुन गाडीमा ११ जना नेपाली सवार थिए । दूतावासले मेक्सिकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमा रहेको उल्लेख गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *