काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारी स्रोत साधानको प्रयोग नगरी चुनाव प्रचार प्रसारमा जान अनुमति दिएको छ।
प्रधानमन्त्री कार्यालयमार्फत देउवाले आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारका लागि जान कात्तिक १७ देखि २० गतेसम्मका लागि आयोगसँग अनुमति माग गरेका थिए।
निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई सरकारी स्रोत साधनको प्रयोग नगर्ने गरी चुनाव प्रचारमा जान अनुमति प्रदान गरिएको र त्यसको औपचारिक जानकारी बुधबार पठाइनेछ।
निर्वाचन आचार संहिताअनुसार प्रधानमन्त्री, मन्त्रीले चुनाव प्रचारमा जाँदा झण्डावाला गाडीलगायत सरकारी स्रोत साधनकोे प्रयोग गर्न पाउँदैनन्।
Facebook Comments Box