गैरेले ल्याए मनैछुने मुटु रेटिन्छ

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। केही समय पहिले ‘ऐ मायाँलु’ बोलको सांगीतिक कोशेली सार्वजनिक गरेर चर्चा बटुल्न सफल गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक भएको छ । मनैछुने गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ मुख्य पात्रको रुपमा देखिएका छन् भने अन्य कलाकारहरुमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहेका छन् । कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हम गैरेको शब्द समेटिएको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । म्युजिक भिडियोका सम्पादन, निर्देशन हम गैरे, छायांकन रोशन तामाङको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *