त्रिभुवन पार्कलाई आत्म निर्भर गर्न प्रयास गरिरहेको छु: मदन ताम्राकार

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
मदन ताम्राकार अध्यक्ष, शहिद स्मारक प्रकृति प्रतिष्ठान

कहिलेदेखि थानकोट त्रिभुवन पार्क स्थापना भएको हो ? र कहिलदेखि शहिद स्मारक प्रकृति प्रतिष्ठान भएको हो ?
साविक श्री ५ त्रिभुवन स्मारक समिति २०११ सामाजिक संस्था ऐन अर्न्तगत दर्ता भएको नितान्त सामाजिक संस्था हो । यो संस्था २०११ साल चैत्र ९ गते स्थापना भएको हो । यस संस्थाका संस्थापक एवं प्रथम अध्यक्ष भु.पु. प्रधान सेनापती श्री केशर सम्शेर ज.ब.रा र सदस्यहरुमा श्री गणेशमान सिंह, श्री मातृका प्रसाद कोइराला, श्री भद्रकाली मिश्र, श्री खडकमान सिंह, श्री प्रेम बहादुर कंसाकार, श्री दयाविर कंशाकार, श्री सिद्धिचरण श्रेष्ठ, पछि थपिनु भएका श्री सुवर्ण शम्सेर जबरा हुनुहुन्थ्यो । प्रथम अध्यक्ष श्री केशर सम्शेर जबरा हुनुहुन्थ्यो भने दोश्रो अध्यक्ष पूर्व गृहमन्त्रि श्री खडकमान सिंह हुनुहुन्थ्यो । तेस्रो अध्यक्षमा युगकवि श्री सिद्धिचरण श्रेष्ठ र चौथौं अध्यक्षमा पूर्वप्रधान मन्त्रि श्री किर्तिनिधि विष्ट र पाँचौ अध्यक्षमा सुश्री शान्ता श्रेष्ठ र छैठौमा म मदन ताम्राकार छु । यस प्रकार यो संस्थाले नियमकानुनको अधिनमा रही संस्था निरन्तर अगाडि बढाउँदै आएको छ। साविक श्री ५ त्रिभुवन स्मारक समितिको दर्ता नं ११९१ मिति २०२४।१।२५ मा श्री जिल्ला कार्यालय काठमाण्डौ हाल श्री जिल्ला प्रशासन कार्यालय,काठमाण्डौमा विधिवत दर्ता भएको हो । स्थापनाकाल देखि यस संस्थाको केन्द्रीय कार्यालय हालको काठमाण्डौ महानगरपालिका वडा नं २२ महांकाल स्थानको माथिल्लो सतलमा रही आएको छ । तत्कालिन स्वर्गबासी राजा श्री ५ त्रिभुवन वीरवीक्रम शाहको स्वर्गारोहण २०११ साल फागुन ३० गते भएको र वहाँ एउटा प्रजातन्त्रबादी राजा भएको हुँदा वहाँ प्रति श्रद्धान्जली अपर्ण गरी वहाँको सम्झना अटल राख्ने उद्देश्यले थानकोटमा श्री ५ त्रिभुवन पार्क थानकोट स्थापना गर्ने निर्णय भए अनुसार २०२४ साल देखि पार्क निर्माणको प्रकृया थालनी भएको थियो । तत्कालिन श्री ५ को सरकार मातहतको बागमती अन्चल बागमति अन्चलाधिसको कार्यालय काठमाण्डौको सहयोगमा संस्थाको आर्थिक लगानी गरि २०३० साल तिर प्रथम पटक ११२ रोपनी जग्गा खरिद गरिएको र पछि थपिएको जग्गा समेत १६६ रोपनी जग्गा यस प्रतिष्ठानको नाममा नामसारी भई आएपछि श्री ५ त्रिभुवन पार्कको निर्माण कार्य सुरु भइ आएको थियो । र उक्त पार्कले नेपाली जनतामा निरन्तर सेवा उपलब्ध गराउँदै आएको छ । २०५२ साल देखि नेपालमा राजनैतिक उथलपुथल भएकोले संस्थामा अप्ठयारो परिस्थितिको सृजना हुँदै आएको हुँदा संकट विस्तारै बढ्न थालेको थियो । २०६२÷६३ सालमा भएको आमुल राजनैतिक परिवर्तनले संस्था सञ्चालन र कारवाहीमा विकराल समस्या सृजना हुँदै आयो । नेपाल सरकारका निकायहरुमा समेत श्री ५ त्रिभुवन स्मारक समितिको नाउँबाट कुनै कारवाही हुन सक्ने अवस्था नै रहेन । त्यस किसिमको बाध्यात्मक परिस्थिति र परिवर्तन समयानुसार अत्यावश्यक हुँदा २०६५ साल पौष १८ गते बसेको साधारण सभाले साविक श्री ५ त्रिभुवन स्मारक समिति २०११ लाई परिवर्तन गरि शहिद स्मारक प्रकृति प्रतिस्ठान २०११ नामाकरण गरेको थियो । विगतमा जस्तै प्रतिष्ठानले नियम कानुनको अधिनमा रही आफ्नो कार्य गरी आएको छ ।

अहिले यो प्रतिष्ठानको आर्थिक अवस्था कस्तो छ ?
यस प्रतिष्ठानको मुख्य आयश्रोत भनेकै थानकोट त्रिभुवन पार्कमा पिकनिक मनाउन आउने आबन्तुकहरुको प्रवेशबाट आउने टिकट व्रिक्री हुने आयनै र केही पसल सटरहरुबाट प्राप्त हुने श्रोत नै मुख्य आय श्रोत हो । कार्तिक महिनाबाट सुरु हुने पिकनिक सिजन झन्डै फागुन महिना सम्म हुने गर्दछ । नया वैशाख १ गतेका दिन केही भिडभाड हुने गर्दछ । सरसर्ती हेर्दा बर्षको २५, २६ वटा शनिवारलाई मुख्य आयश्रोतको रुपमा लिन सकिन्छ । स्थायी कर्मचारी १७ जना र ज्यामि ३ जना को मासिक तलब भत्ता आदि खर्च झण्डै झण्डै ५ लाख रुपैयाको आवश्यकता पर्ने गर्दछ । समय समयमा पार्कमा आवश्यक मर्मत,सम्भार कर्मचारी चियाखाजा र केही प्रशासनिक खर्च महिनाको २५,३० हजार जति आवश्यक पर्ने गर्दछ । अनिवार्यखर्च आम्दानीले धान्न सक्ने अवस्था नरहेकोले बैकल्पिक आयश्रोतको लागी अत्याधुनिक संरचना विकास निर्माण गर्ने गरी सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।

तपाईहरूले यो संस्थामा कसरी नेतृत्व दिइरहनु भएको छ ?
यस प्रतिष्ठानमा साविक देखि नै नेपालको ऐन कानुनको अधिनमा रही प्रतिष्ठानको कार्य सञ्चालन भइ आएको छ ।

थानकोट त्रिभुवन पार्कलाई सरकारी सहयोग कस्तो छ ?
तत्कालिन श्री ५ को सरकारले यस संस्था सञ्चालनार्थ सालिन्दा ४, ५ लाख रुपैया अनुदान दिने गर्दथ्यो । तर २०६२।०६३ को जन आन्दोलन पछि आएका सरकारको तर्फबाट कुनै सहयोग प्रदान गरिएन र प्रतिष्ठानमा त्यति बेला देखि चरम आर्थिक संकट उत्पन्न भएको हो ।

यो स्मारकलाई थप उचाईमा प्रन्याउन कसरी अघि बढिरहनु भएको छ ?
धेरै पटक संघिय सरकार, प्रदेश सरकारको समक्ष कर्मचारीहरुको बाँकी बक्यौता भुक्तान गर्न र विकास निर्माणका लागी विकास बजेट माग गर्न चन्द्रागिरी नगरपालिका र निर्वाचन क्षेत्र नं. १० (ख) का माननिय ज्यूको सिफारिस संलग्न राखी आवेदन गरि आएका थियौं । आ.ब. २०७६।२०७७ र २०७८।०७९ मा झण्डै एककरोड साठी लाख जति रकम विकास निर्माणका लागी बजेट प्रदान गरिएको थियो । सो बजेटबाट पार्क परिसरमा मुख्यद्धार सुरक्षार्थका पर्खाल ढुङ्गाको बाटोहरु आदि निर्माण गरि कार्य सम्पन्न भइ सकेको छ । पटक पटक संघिय सरकार समक्ष कर्मचारीहरुको व्यवस्थापनका लागी अनुदान माग गर्दै आएका थियौं । प्रदेश सरकारले दिएको बचन बमोजिम आजसम्म कुनै अनुदान प्रदान गरेको छैन ।

यो पार्क निकै घाटामा छ भन्ने सुनिन्छ नि ?
हो, यो संस्था बर्षौ देखि ठूलो घाटामा छ, गैर जिम्मेवार बनेको सरकार बाट सहयोग नपाउनु र २०७२ सालमा आएको महाभुकम्प र भारतबाट लगाइएको अमानविय नाकावन्दी, कलंकी नागढुङ्गा सडक खण्ड धेरै लामा समय सम्म धुलाम्मे हिलाम्मे भएको कारणले पार्कमा आगन्तुकहरुको प्रवेश बर्षौंसम्म नभएको हुँदा संस्थाले धेरै ठूलो आर्थिक समस्या भोग्दै आएको छ । वातावरण अलि सहज हुँदै आएको लामो समय नवित्दै फेरी विश्वभरी फैलिएको कोभिड –१९ को प्रकोपले २बर्षसम्म सुन्य आयश्रोत हुँदा संस्था थलानै परि रहेको छ । यस्तो परिस्थिति पर्दा समेत नेपाल सरकारले कुनै किसिमले मानवता देखाएन । सहयोग गरेन, संस्थाको अनुरोधलाई कुनै सुनुवाई भएन । विसौं पटक प्रदेश सरकार प्रमुखमा गरिएको अनुरोधलाई वेवास्ता गरियो ।

यो पार्कलाई स्थानीय रुपमा चन्द्रागिरी नगरपालिकाले कस्तो सहयोग गरिरहेको छ ?
चन्द्रागिरी नगरपालिका समक्ष त्रिभुवन पार्कको काममा प्रयोग हुने केही औजारहरुको निवेदन गरेका थियौं । नगरपालिकाबाट उक्त औजारहरु जस्तै कुटो, कोदालो, हसिया, हतौडा लगाएतका सामानहरु तुरुन्तै उपलब्ध गराई दिनु भयो । सहयोगका लागी धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछौ । साथै आ.ब. २०८०÷८१ मा त्रिभुवन पार्क परिसरमा रहेको कमल पोखरी व्यवस्थित गर्ने र बुद्ध परिसरमा सुरक्षार्थ जालीबार लगाउन संस्थाको माग बमोजिम च.नं.पा. वडा नं. ४ को वडा कार्यालयबाट तुरुन्तै लगत स्टिमेट गर्नलगाई सो का लागी आवश्यक पर्ने झण्डै १० लाख बजेट उपलब्ध गराई दिन कार्य अगाडी बढाइ दिनु भएको छ । साथै स्थानिय सरकारका जिम्मेवार जनप्रतिनिधिहरुले सकारात्मक सहयोग निरन्तर गर्नु हुने छ भनि आशा एवं विश्वास लिएको छु ।

यो पार्कलाई अझ माथि आउन, मजबूत पार्न तपाईंहरूको योजना बताई दिनुस न ?
यस प्रतिष्ठानको थानकोट त्रिभुवन पार्कको सुन्दर भविष्य निर्माण गर्न आन्तरिक श्रोत र साधनको विकास गरी अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गर्दै जाने हो भने स्थानिय सरकार र प्रदेश सरकार संग सहकार्य गर्दै अगाडी बढ्ने हो । जुन प्रतिष्ठानले अत्याधिक प्रयास गरी रहेको छ । यस सम्वन्धमा चन्द्रागिरी नगरपालिकाका आदरणिय प्रमुख ज्यू, वडा नं ४ का वडा अध्यक्षज्यू संग यस विषयमा पटक पटक छलफल सरसल्लाह गरि रहेका छौं । सहकार्यता सम्वन्धमा वहाँहरु सकारात्मक हुनु भएको मेरो बुझाई छ । समयले कोल्टे फेरि सकेको परिवेशमा समानुपाति समावेशिता सम्पन्न संविधानको उद्देश्य अनुरुप सिंहदरबार नेपाली जनताको घरघरमा पुरÞ्याइ आवशयकता अनुसारको सहयोग र संरक्षण दिने संकल्प संविधान प्रदत्त कर्तव्य भएको हुँदा निसंकोच विकासमा टेवा पुग्ने नै छ । यस किसिमको परिस्थिति लाई अंगिकार गर्दै स्थानिय सरकार प्रदेश सरकारसंग हातेमालो गर्दै नेपाली जनताको माग र भावनाको कदर गर्दै अगाडी बढ्ने संस्थाको लक्ष्य रहेको छ । त्यसो भन्दै गर्दा प्रतिष्ठानको आफ्नो संविधान का दायित्व निर्वाह गर्न चुक्न नहुने हुँदा सम्वन्धित सरकारी निकायहरुमा, जग्गाको भुमिकर, कर, शुल्क आदी समयमा नै भुक्तान गर्ने गरिएको छ। संस्थाले नियमानुसार को भुमिका अक्षरस पालना गर्दै आएको अवस्था हुँदा सम्वन्धित निकायबाट सहयोग प्राप्त हुँदै जानेमा विश्वस्त छु ।

नेपालको एक नम्वरमा रहेको पार्कको रुपमा लिइने यो पार्क पहिले भन्दा भौतिक रुपमा अझ मजबुत भएको हो ?
सायद तत्कालिन समयमा तत्कालिन श्री ५ को सरकारको तर्फबाट तत्कालिन राजा श्री ५ त्रिभुवनको स्मृतिसंग जोडिएको यस संस्था भएको हुँदा सहानुभुती पाईरहेको पक्कै हुनु पर्छ । पार्क निर्माण र सुधार सञ्चालन समेत का लागी सरकारी निकायबाट आवश्यक साधन श्रोत सहजै उपलब्ध हुने गर्दा नै यो पार्कको निर्माण भएको हुन सक्छ । सायद् त्यसबेला यस किसिमको पार्कहरुको निर्माण अन्यत्र भएको थिएन होला । यसरी पनि यो त्रिभुवन पार्क नम्बर १ नै भएको हुनसक्छ । आजको दिनमा सरकारहरुले पार्क निमार्ण गर्न अति आवश्यक र प्राथमिकतामा राखेको देख्दछु । हजारौं पार्कहरुको निर्माण हुन थालेको छ । यो अति राम्रो पक्ष हो ।

यो पार्कलाई तपाईको कार्यकालमा कसरी सम्झन लायक बनाउनु हुन्छ ?
मैले माथी नै उल्लेख गरी सकेको छु । फेरि दोहोरÞ्याउन चाहन्छु । स्थानिय सरकार, प्रदेश सरकार संग हातेमालो गर्दै अगाडी बढ्ने हाम्रो लक्ष्य रहेको छ । प्रतिष्ठानको साधन श्रोतले भ्याएसम्मको विकास निर्माण गर्दै जाने छ । साथै दाताहरुबाट प्राप्त हुन सक्ने सहयोग लिने र नियम कानुनको अधिनमा रही निजि क्षेत्रको लगानी समेत भित्र्याउने कोशिस गरिनेछ । मुख्य सडक तर्फको जग्गामा पार्किङ्ग भवन, सपिङ्ग कम्प्लेक्स आदीको विकास गर्न सके प्रतिष्ठान आत्मनिर्भर हुन सक्ने देखिएकोले सो तर्फ योजना बनाई अगाडी बढ्ने लक्ष्य लिएका छौं ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *