देशले थाम्नै नसक्ने गरि भ्रष्टाचार भइरहेको छ: आर के बस्नेत

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
आर के बस्नेत आमन्त्रित केन्द्रीय सदस्य तथा युवा नेता, राप्रपा

विगत १२ वर्षदेखि हिन्दुराज्य र राजसंस्थाको लागि संघर्षरत रामकुमार बस्नेत (आरके) नेपाली राजनीतिमा चिनाइरहनु पर्ने नाम होइन । उहाँले हिन्दुवादी र राजसंस्थावादीलाई संगठित गर्न बलियो बनाउन विभिन्न कार्यक्रमहरु गर्दै आउनु भएको छ । बस्नेत यति बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ । यस अघि उहाँ शाही युवा शक्ति नेपालमा सक्रिय हुनुहुन्थ्यो । राप्रपाले लिएको सिद्धान्त र विचार मनपरेर आफु राप्रपामा लागेको बस्नेत स्पष्ट पार्नु हुन्छ । ‘नेपाललाई गणतन्त्र धोका हो’ भनेर नारा प्रतिवादन गरेर सडकमा उत्रने उहाँलाई पहिलो व्यक्तिको रुपमा लिइन्छ । सिंहदरबार अगाडी भएका विभिन्न राजावादी कार्यक्रममा उहाँ सरिक हुँदै आउनु भएको छ भने गणतन्त्र दिवसकै दिन राजधानीमा भएका राजावादी जुलुसमा उहाँको सक्रिय सहभागिता रहेको थियो । यसै गरी एमसिसीको विरुद्ध अमेरिकन एम्बेसी घेरा गर्ने सभा जुलुसमा समेत उहाँ सक्रिय सहभागी हुनु भयो । जहाँ जहाँ हिन्दुवादी र राजसंस्थावादी कार्यक्रम हुन्छन् त्यहाँ त्यहाँ पुगेर आम सर्वसाधारणलाई हौसला दिनु उहाँ पुग्ने गर्नु भएको छ । राप्रपामा लागेपछि राप्रपालाई तल्लो तहसम्मका जनतासम्म पु¥याउन र एकजुट गर्न उहाँ अहोरात्र खटिनु भएको छ । अत्यन्त मिलनशार, वुद्धिजिवी, समाजसेवी कर्मठ व्यक्तिका रुपमा परिचित आर के बस्नेतलाई चिनिन्छ । प्रस्तुत छ राप्रपाका युवा नेता बस्नेतसँग गरिएको कुराकानीको मुख्यअंश :

नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी लिनु भएको छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण गणतन्त्रले नेपाली जनतालाई दिएको एउटा उपहार हो । देश र जनताको हित गर्छु भन्नेहरुको असली नियत यस्तो रहेछ अहिलेको प्रकरणले पुष्टी गरेको छ । देशमा आमुल परिवर्तन गर्छु, देश विकास गर्छ, गरिब निमुखा जनताको अनुहारमा खुशी ल्याउछु भन्दै यिनीहरुले सोझा साझा नेपाली जनतालाई झुक्याएर चोर बाटोबाट यो व्यवस्था ल्याएका छन् । यि र यस्तै प्रकरणबाहेक यो व्यवस्थाले केही दिन सक्दैन भन्ने पुष्टी हुँदै गएको छ । यो प्रकरण अहिले चर्चामा मात्र आएको हो । यस्ता प्रकरण हामीले धेरै नै भोगिसकेको छौ । एउटा नेपाली नागरिकलाई उसकै देशमा वैदेशिक नागरिक बनाई शरणार्थीको रुपमा कागज मिलाएर विदेश पठाउने वाहानामा नेपालीलाई नेपालमै विक्री गर्ने कार्य अमानवीय छ । यस कार्यमा संलग्न जसतो सुकै ठुला नेता भएपनि कानूनको दायरामा अभिलम्ब ल्याउनु पर्छ ।

राष्ट्रपतिद्वारा केही दिनअघि जारी भएको नागरिकता विधेयकबारे के भन्नुहुन्छ ?
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारि गरिएको नागरिकता विधेयक किर्ते हो । नयाँ संसदमा नल्याई आफुखुसी विधेयक ल्याएको देखियो । यो विधेयक पहिले संसदमा छलफल गर्नु पथ्र्याे । परि आए जनताको राय सल्लाह समेत लिनु पथ्र्याे । नागरिकता विधेयकबारे जनस्तरमा चौतर्फी विरोध भइरहेको बेलामा यो विधेयक आयो । भारतीयलाई नेपाली नागरिकता दिने हिसाबले विधेयक ल्याइयो भनिन्छ, वास्तवमा यो विधेयक भारत विरोधी पनि देखिन्छ । यो विधेयक अनुसार जसरी भारतीयले नागरिकता पाउदा चीनले पनि पाउन् नि त ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे तपाईको राय दिनुस् न ?
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अमेरिकनहरुको फाइल सदर गराउने उद्देश्यले भएको देखिदैछ । भ्रमणमा कुनै नयाँ सम्झौता भएन । विवादित विषयमा कुनै छलफल भएन । वंगलादेशमा विद्युत पठाउन उद्देश्यले बंगलादेशमा नेपाली विजुली विक्री गर्ने जुन सम्झौता भयो । यो नेपालको हितमा छैन । अमेरिकनहरुले यूरिनियम प्रशोधन गर्नका लागि वंगलादेशमा विशाल प्रशोधन केन्द्र खोलिँदैछ । त्यसलाई सहयोग पुग्ने हिसाबले सम्झौता भएको हो । प्रधानमन्त्रीले नेपाल र भारतविरोधी फाइल बोकेर गएकै कारण भारतीयले सांकेतिक अर्थ लाग्ने हिसाबले नेपाललाई रागा उपहार दिने भएका हुन् ।

देशभर व्याप्त भ्रष्टाचार के भन्नु हुन्छ ?
देशले थाम्नै नसक्ने गरि भ्रष्टाचार भइरहेको देखिदैछ । यो भन्दा बढी भ्रष्टाचार अब कति होला ? कुनै ठाउँमा भ्रष्टाचार विना कामै गर्न नसकिने वातावरण सृजना हुँदैछ । दैनिक रुपमा हरेक सरसामान देखि अन्य पदार्थमा मूल्य वृद्धि गरेर नेपालीले भ्रष्टाचार विना वाँच्नै नसकिने अवस्था सृजना गरिदैछ ।

राप्रपा अब कसरी अघि बढ्छ ?
राप्रपा नेपालको एक मात्र उदयमान राष्ट्रवादी पार्टी हो । देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुकोे आशा र भरोसाको रुपमा राप्रपालाई लिएका छन् । देशका हरेक पार्टीमा वैदेशिक लगानी देखिदैछ र विदेशीलाई फाइदा हुने गरेर पार्टीको संरचना र विधानहरु वनाइदैछ । हालसालै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्ण रुपमा विदेशी लगानीमा संचालित रहेको छ भन्ने आम नेपाली जनतामा आशंका उत्पन्न भइसकेको छ । रास्वपाको विशाल केन्द्रीय कार्यालय उद्घाटन भइसकेको छ । यसले यस कुरालाई पुष्टी गर्छ । तर राप्रपा भने आफ्नै नेता कार्यकर्ताकै भरमा पार्टी संचालित हुँदै आएको छ । अब आम नेपाली जनताले राप्रपालाई उचाईमा पु¥याउनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौ । राप्रपाले संवैधानिक राजसंस्था र हिन्दु राज्यको जुन एजेण्डा लिएको छ, यो एजेण्डालाई जनताको घर घरमा पु¥याउनु पर्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियताबारे तपाई के भन्नु हुन्छ ?
पूर्वराजा ज्ञानेन्द्र शालिन व्यक्तित्व, वौद्धिक व्यक्तित्व, नैतिकवान, क्षमतावान र नेपालीलाई माया गर्ने जनताप्रति समर्पित हुनुहुन्छ । र जुन राजा हामी नेपालीले पायौ, साँच्चै हामी नेपाली साह्रै भाग्यमानी हौ । किनभने धोकादारीबाट ल्याइएको गणतन्त्रलाई पनि संघर्ष स्वीकारी कुनै रक्तपात विना जसरी शासन सत्ता छोड्नु भएको थियो, यो एउटा महान कार्य हो । जुन सामान्य मानिसमा हिक्मत, साहस, दुरदर्शिता हुँदैन । उहाँ एउटा महामानव, विवेकशील, आदर्श व्यक्तित्व हुनुहुन्छ । आज देश यो अवस्थामा छ, त्यो उहाँले पहिल्यै सोच्नुभएको थियो । किनभने आजसम्म शान्तिपूर्ण तरिकाले राजनीति गरिरहेका छौं । राजाले इशारा मात्र दिने हो भने हामी जस्ता लाखौं युवाहरु मार्न र मर्न तयार छौ । तर पनि नेपालको हित र नेपालीको हित र राष्ट्रियताको लागि शान्तिपूर्ण तरिकाबाट जनतालाई जगाउँदै राजनीति गरिरहेका छौं । हामी चर्काे स्वरले बोल्दैनौ, अरुले भनेका सुन्छौ, देशलाई माया गर्छाै, नचाहिदो तरिकाबाट प्रतिवाद गर्दैनौं, यो होइन कि हामीसँग बल छैन, वुद्धि हैन, संगठन छैन । किनभने हाम्रो आस्थाको धरोहर राजसंस्था हो । राजा ज्ञानेन्द्र जसरी शालिन सम्य हुनुहुन्छ, हामी पनि उहाँकै परामर्शमा हिडेका व्यक्ति हौं ।

नेपालमा अब राजसंस्था फर्केला ?
राजसंस्था विना नेपालको कल्पनै गर्न सकिदैन । तपाई नै भन्नुस हिजो र आजको अवस्था । देशमा हिजोको कस्तो अवस्था, आज कस्तो छ । राजसंस्था हुँदा देशमा कति शान्ति थियो, कति सुशासन थियो । हिजो महँगी थियो कि आज । त्यसैले जति सक्दो चाडो राजसंस्था पुनस्थापित हुन्छ । हुनुपर्छ ।

यस वर्षको वार्षिक बजेटलाई कसरी लिनु भयो ?
यस वर्षको बजेट व्यापारीहरुलाई झन धनि बनाउने अभिप्रायमा आएको देखिन्छ । यो बजेटमा पहिलाकै निरन्तरता हो, नयाँ केही छैन । गरिब जनतालाई राहत दिन बजेटमा नयाँ केही छैन । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि नयाँ बजेट छैन । बरु घट्दो छ ।

अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
जसरी तपाई हामीले विभिन्न राजनीतिक घटनाक्रमहरु भोग्दै आयौ, यी भोगाइहरुलाई साँच्चै छातीमा हात राखेर, ठण्डा दिमागले सोचौं । के यो गणतन्त्र तपाई हामी, हाम्रो परिवार, हाम्रा भोलीका सन्तती, राष्ट्र र राष्ट्रियताका लागि के फलदायी रहेछ त । खास गरी हिजो राजसंस्था हुँदा र अहिले गणतन्त्र हुँदा कहाँ कति प्रतिशत विकास भयो । स्वास्थ्य, शिक्षा, रोजगार क्षेत्रमा कति प्रतिशतले उन्नती भयो, त्यसको लेखाजोखा गरौं । राजसंस्था पुनस्थापना गर्ने र अहिले भइरहेको भ्रष्टाचार अनियमितताको भण्डाफोर गर्नका लागि राप्रपा वैकल्पिक शक्तिका रुपमा उदाउने छ । त्यसको लागि आम नेपाली जनताहरु राप्रपामा आवद्ध भइदिनु हुन हार्दिक अनुरोध छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *