लिजन्सको ‘मायामा’ सार्वजनिक

Uncategorized मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ,  उदाउंदो गायकको रुपमा आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ सांगितिक कोसेली “मायामा” सार्वजनिक गरेका छन । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार पारीएको उनको यो गीतको भिडियोलाई आफ्नै अफिसियल च्यानल लिजन्स श्रेष्ठबाट सार्वजनिक गरेका हुन । हाल दुबईलाई आफ्नो कर्मथलो बनाएका लिजन्सको यो भिडियो भने नेपालमै छांयाकन गरिएको हो । भिडियोमा उनलाई आफ्नै जीवनसाथी रुबिनाले साथ् दिएकी छिन भने त्यस बाहेक उनको आफ्नै भाई सिजन्स र बुहारी बीनीको अभिनय पनि देख्न सकिन्छ । थाजभिलेको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई योन्सा मगरले छांयाकन तथा सम्पादन गरेका हुन भने ग्राफिक निश्चल लामाले गरेका हुन । भिडियोको निर्देशन भने स्वयम गायक लिजन्स श्रेष्ठले नै गरेका हुन । भिडियोलाई सबैले माया गरिदिनु हुन गायक लिजन्सले सबै संगीत प्रेमीहरुलाई आग्रह गरेका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *