दुर्गा प्रसाईंलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा रिट

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

प्रसाईंको तर्फबाट डा. सुरेन्द्र भण्डारीले रिट दायर गरेका हुन्। प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको कार्यक्रममा सहभागी हुन नपाउने गरी नजरबन्दमा राखिएको रिटमा उल्लेख छ।

संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अधिकार हनन भएको भन्दै रिटमा प्रसाईंलाई अदालतमा उपस्थित गराई बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *