पोशाक तथा खेलकुद सामाग्री वितरण

Uncategorized समाचार
खवर पाटी (खोज खबरको अभियान)

विदुर । नेपाली कांग्रेस संगठन विभाग नुवाकोटले बेलकोटगढी नगरपालिका वडा नं ६ स्थित नेपाल घेदुङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पोशाक तथा खेलकुद सामाग्री वितरण गरेको छ । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सामाग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सचिव एवं संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठलेगुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीरुले सक्रियता देखाउनु पर्ने बताउनु भयो । सामुदायिक विद्यालयमा राज्यको लगानी पर्याप्त भएपनि परिणाम आउन नसकेको भन्दै उहाँले भन्नुभयो ‘नेपालको शिक्षा प्रणाली दुई किसिमको हुनाले अन्यौलता सिर्जना भएको छ ।’ शिक्षा क्षेत्रलाई राज्यले अग्रसर भएर एकरुपता ल्याएर सवैको पहुँच पुग्ने अवस्थाको सिर्जना गर्नुपर्ने श्रेष्ठले जोडदिनु भयो । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर तामाङको सभापतिमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सचिव अच्युत रिजाल, पार्टीका वडा सभापति रेवती प्रसाद नेपाल, महिला नेतृ सन्तोषी लामा, प्रधानाध्यापक अर्जुनकुमार रिमाल लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *