सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी,छानबिन गर्न एआईजीको नेतृत्वमा समिति गठन

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउने क्रम जारी रहेको छ ।

यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता ९डीएसपी० शैलेन्द्र थापाले बताए ।

विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ । घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *