प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए । यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरूलाई बोल्न भने अवरोध गरिएको थिएन । लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *