काठमाडौं । मनसुनजन्य विपद्मा परेर १३१ जनाले ज्यान गुमाएका छन् । गएको जेठ २८ गतेदेखि सक्रिय मनसुनका कारण आएको बाढी पहिरोसहित विपद्का घटनाबाट उनीहरूको ज्यान गएको हो ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सोमबार दिउँसोसम्म बाढी, पहिरोसहित विपद्का घटनामा परी काठमाडौं उपत्यकामा दुईजना, कोसी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जनाको ज्यान गएको हो ।
त्यस्तै, वाग्मती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ९ जनाले ज्यान गुमाएका हुन् ।
यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी गण्डकीमा ३८ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा विपद्जन्य घटनाका कारण यसरी नै देशभर एक सय ४४ जना घाइते भएका छन् ।
यसैगरी, बाढीका कारण १८२ घर डुबानमा परेका छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।