महामन्त्री थापाको प्रस्ताव पारित : कांग्रेस एक्लै निर्वाचन लड्ने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुराउने  निर्णय गरेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति र महामन्त्रीद्वयले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रस्ताव उपर छलफल भएको बताउनु भयो ।

उहाँले महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रश्तावमाथि छलफल भर्इ सोही दिशामा अघि बढ्ने निर्णय भएको बताउनु भयो ।

उहाँले काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पु¥याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताउनु भयो ।

सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिने बारेमा पनि निर्णय भएको छ ।

त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताउनु भयो ।

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लिखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको बताउनु भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *