सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुईजना व्यक्ति पक्राउ

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद रहेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति ११ बजे पक्राउ गरेको हो ।

युवतीले मन पराएको भन्दै उनीहरुले ट्वाइलेट सफा गर्ने एसिडले आक्रमण गरेको प्रहरीले जनाएको छ । बेलुका दही किन्न बाहिर निस्केका बेला युवतिमाथि एसिड प्रहार भएको थियो । सिसिटिभी फुटेजको आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ । युवतिको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box