राष्ट्रवादीहरु एक ठाउँमा आउने बेला आएको छ : लामा

खवर पाटी (खोज खबरको अभियान)

 

राष्ट्रवादीहरु एक ठाउँमा आउने बेला आएको छ :
लालध्वज लामा, नवनिर्वाचित केन्द्रीय सदस्य
राष्ट्रिय प्रजातन्त्र पार्टी

 

लालध्वज लामा नेपाली राजनीतिमा चिनाइरहनु पर्ने नाम होइन । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ । अधिवक्ता लामा राप्रपाको पूर्व सहायक महामन्त्री, राप्रपाको भातृ संगठन नेपाल आदिवासी जनजाती संगठनको पूर्व अध्यक्ष भइसक्नु भएको छ । उहाँले गत ६४ र ७० सालमा भएको निर्वाचनमा रामेछाप जिल्लाबाट उठेर राम्रो मत ल्याउनु भएको थियो । प्रस्तुत छ राप्रपा नेता लालध्वज लामासँग गरिएको कुराकानीः
मुलुकको राष्ट्रिय राजनीतिलाई यहाँले कसरी लिनु भएको छ ?
मुलुकको राष्ट्रिय नै कमजोर छ । मुल रुपमा हेर्दा राष्ट्रियता नै कमजोर छ । राजनीतिक दलहरुमा स्थीरता छैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकमा अन्यौल मात्र होइन अस्तव्यस्त छ । त्यसो त विदेशीले नेपाली राजनीतिमा खेलिरहेका छन् । ग्लोबमा एकाधिकार जमाउने शिलशिलामा अमेरिका, बेलायत, यूरोपियन यूनियन, दक्षिण कोरिया, जर्मन लगायतका देशहरुले खेल्ने काम भइरहेको छ । उनीहरुले एकमाना सरकार, ठुलो पार्टी रुचाउँदैनन् । अस्थीर राजनीतिबाट मात्र उनीहरुको स्वार्थ पुरा हुने कारणले गर्दा नेपालमा अहिलेको अवस्था सृजना गराइएको हो । पार्टीहरुमा द्वन्द बढाउने काम विदेशी चलखेलबाटै भएको छ । यस्तै भारतले पनि जवहरलाल नेहरु, वल्लभमाई पटेलको पालादेखि नेपालमा तीन कुरामा आफ्नो पक्षमा पार्न खोजिरहेको छ । त्यो तीन कुरा परराष्ट्र, सुरक्षा र जलस्रोतमा कब्जा जमाउने रणनीति अन्तर्गत हो । ती तीन कुरालाई काँग्रेस आइको अध्यक्ष सोनिया गान्धीदेखि तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहले समेत निरन्तरता दिइ रहें ।
वर्तमान सरकारको क्रियाकलापलाई यहाँले कसरी मूल्यांकन गर्नु भएको छ ?

वर्तमान सरकारको मूल्यांकन गर्दा यो वहुमतको सरकार होइन, यो सर्वाेच्च अदालतको परमादेशले आएको सरकार हो । यो पाँच दल मिलेर बनेको सरकारले हो । यो पाँच दल मिलेर बनेको सरकारले देश र जनताको पक्षमा चित्र बुझ्ने कुनै काम गरेको देखिदैन । यो सरकारले ठोस कार्ययोजना नै ल्याउन सकेको छैन । पाँच दलको समर्थन भए पनि वर्तमान सरकार हचुवाको भरमा चलिरहे झैं देखिन्छ ।
केहि दिन अघि सम्पन्न राप्रपाको महाधिवेशनले जनतालाई के सन्देश दिएको छ ?
परम्परागत रुपमा चलिआएको पार्टीलाई अहिलेको महाविधेशनले नयाँ उर्जा दिएको छ । पार्टीका नयाँ पूस्तालाई नेतृत्वगर्ने अवसर मिलेको छ । परम्परावादि पुरानो रुढीवादी हिसाब जुन लादिएको थियो । अब त्यो स्थीतिलाई नयाँ कोणबाट सोच्न वाध्य बनाइयो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने अनुसार काम गर्न सक्नु होला ?
पार्टी आन्तरिक रुपमा जे जस्तो हिसाबले चलिआएको थियो । त्यो स्थितिलाई केही परिवर्तन गर्ने हिसाबले उहाँले केही कुरा गर्नु भएको छ । यसैले महाधिवेशन प्रतिनिधिहरुको पनि भावना र चाहना त्यही हो । त्यसो गर्न नसकेमा पुरानो र नयाँ नेतृत्वको भिन्नता नै के रहला र ।

राप्रपा महाधिवेशनपछि फेरि राप्रपा फुट्ला भन्ने देखिदै छ नि ?
यो पार्टी बारम्बार टुटफुट भएर अहिले ऐतिहासिक एकता महाधिवेशन सम्पन्न भएको छ । यस बीचमा शिर्ष नेताहरुले यो पार्टी अब कहिल्यै फुट्दैन भनेर गिता छोएर कसम खानु भएको छ । र कार्यकर्ताले पनि अब आइन्दा पार्टी कसैले फुटाएमा त्यसको साथ नदिने जगजायरै छ ।
मुलुकको लागि कस्तो सरकार आवश्यक छ ?
तीन महिना पछि स्थानीय निर्वाचन हुँदैछ । एक वर्षपछि संघ र प्रदेशको निर्वाचन हुँदैछ । यो अवस्थामा जनताले कम्यूनिष्टको झण्डै दुई तिहाइको सरकार पनि हे¥यो । पाँच दलीय गठबन्धनको सरकार पनि हेरिरहेका छन् । ती दुवै सरकारबाट जनतालाई चित्तबुझ्ने काम भएन । त्यसेले अब आउने सरकार जनताको, राष्ट्रको पक्षमा लाग्ने स्पष्ट भिजन भएको पार्टीलाई रोज्नु पर्ने जरुरी छ ।
आगामी स्थानीय तहको निर्वाचनको राप्रपाले के कस्तो तयारी गरिरहेको छ ?
भर्खर मात्रै हाम्रो केन्द्रिय एकता महाधिवेशन सम्पन्न भएको छ, त्यस पश्चात बसेको केन्द्रीय समितिको बैठकले विभिन्न कार्य योजनाहरु स्थानीय निर्वाचन सम्बन्धी विस्तृत कार्य योजना बनाई सशक्त ढंगबाट लाग्नका लागि पार्टीका नवनिर्वाचित महामन्त्री भुनव पाठकको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।

अमेरिकी सहयोग नियोग मिनेमिमय च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे तपाई के भन्नु हुन्छ ?
एमसिसीको बारेमा राप्रपाको नयाँ नेतृत्वले गम्भीर रुपमा छलफल गरी पार्टीको धारणा बनाउने छ, तर मेरो विचारमा एमसिसी हुवहु पारित गर्नु हुन्न । एमसिसी पारित गर्नु अघि पार्टीगत मात्र नभई जनता माझ समेत लैजानु पर्ने देखिन्छ ।

अन्तमा देशवासीलाई तपाइले के सन्देश दिनुहुन्छ ?
सबै ठुला पार्टीहरु जनताको विचमा उर्तङ्ग भएका छन् । त्यसैले जनताले नयाँ शक्ति खोजिरहेका छन् । यस अवस्थामा राष्ट्रवादी शक्तिहरु विचार र सिद्धान्त मिल्ने व्यक्ति संस्था दलहरु समेत ठाउँमा आई नयाँ शक्ति निर्माण गरौं ।

Facebook Comments Box