नेपाल बस दुर्घटनाः सङ्खुवासभाबाट झापा हिँडेको बस बाटोबाट २०० मिटर तल खस्यो, कम्तीमा १४ जनाको मृत्यु

खवर पाटी (खोज खबरको अभियान)

पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा बिहीवार बिहान एउटा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

“अहिलेसम्म १४ वटा शव निकालिएको छ,” प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बीबीसीसँग टेलिफोनमा भने।

उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि धरान र केहीलाई चैनपुर लगिएको उनले बताए।

“तीन जनालाई धरानतर्फ र बाँकीलाई चैनपुर पठाइएको भन्ने छ,” सुवेदीले थपे।

‘२०० मिटर तल खस्यो’

  • बसमा कति मानिस सवार थिए र दुर्घटना कसरी भयो भन्ने कुरा अहिले यकिन हुन नसकेको उनले बताए।
  • झापाको दमकतर्फ जाँदै गरेको बस सङ्खुवासभाको मादी नगरपालिकामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
  • सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार बिहान साढे सात बजेतिर दुर्घटना भएको थियो।
  • “सङ्खुवासभाको मादी नगरपालिका-६ ओखरबोटेका गुडेको ना ४ ख ७३५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो,” उनले भने।
  • घिमिरेका अनुसार बीच बाटोमा थप यात्रु चढे वा ओर्लेको बारेमा अझै यकिन हुन सकेको छैन।
  • “तर थप यात्रु चढेको सम्भावनालाई नकार्न सकिँदैन। त्यही भएर खोजी कार्य जारी राखिएको छ,” उनले थपे।
  • तथ्याङ्कमा सडक सुरक्षा
  • बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या: साढे १३ लाख
  • विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
  • दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्या: ३७००
  • अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
  • न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
  • सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
  • नेपालमा प्रति १ लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
  • सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति

Source BBC Nepali

Facebook Comments Box