अभिनेता खड्काको निर्देशनमा एक्का टायल

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भक्तराज आचार्यले गाउनु भएको ‘जतिचोट दिन्छौ देउ मायालु….’ का चर्चित गीतकार सुवाशचन्द्र ढुङेलको ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का रहनु भएको थियो । रबिन्द्र खड्काको निर्देशन, कमल राईको कोरियोग्राफी रहेको भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य आदिको अभिनय रहेको छ भने ब्यवस्थापन राजेश महर्जन, छायांकन शीव ढकालको छ । भिडियो शुभासचन्द्र ढुंगेलको अफिसेल च्यानलबाट रिलिज गरिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *