काठमाडौं महानगरको ३० वडामा राप्रपाको सक्रियता

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं महानगरपालिको स्थानीय निर्वाचनमा बलियो रुपमा देखा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी घरदैलो र प्रचार प्रसारमा सक्रिय रहेको छ । मौन अवधि शुरुहुनै लाग्दा राप्रपाले तिव्र रुपमा प्रचार प्रसार बढाएको छ । राप्रपाका तर्फबाट काठमाडौं महानगरमा मेयर मदनदास श्रेष्ठ मेयर तथा उपमेयर विनिता मगैयाको उम्मेदवार छन् । वडा नं ३० मा राप्रपाको सक्रियता झनै देखिएको छ । कामनपा वडा नं ३० मा राप्रपाको वडाध्यक्षमा अशोक कुमार थापा तथा सदस्यहरु गोपाल प्रसाद कोइराला, सुधिर खत्री, गान्धारी क्षेत्री ठकुरी र उर्मिला सिंह परियार उम्मेदवार छन् । प्रचार प्रसारको अन्तिम दिन भएकाले राप्रपाले महानगरमा चुनावी प्रचारलाई तिव्र पारेको देखिएको छ । राप्रपामा राजेन्द्र लिङदेन अध्यक्ष चुनिएपछि राप्रपामा जनमत ज्यादै बढ्दै गएको देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *