अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन : प्रधानसेनापति

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

धानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको बताएका हुन् । साथै एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको उनले बताएका छन् ।

‘एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नतामा छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन,’ उनले भने । प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *