नवौं राष्ट्रिय खेलकुदको स्थानबारे अर्को साता मात्रै टुंगो हुने

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर : नवौं राष्ट्रिय खेलकुदको खेलस्थल व्यवस्थापन उपसमितिले अर्को सातासम्म खेल हुने स्थानको टुङ्गो लगाउने भएको छ। गण्डकीका ८ जिल्लामा खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने प्रारम्भिक निष्कर्ष उसको छ। अब प्रतियोगिता सुरु हुन डेढ महिना र केही दिन बाँकी छ। आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता हुँदैछ।

उपसमितिले निर्धारण गरेका ठाउँहरुमा अहिले सम्बन्धित खेल संघका प्रतिनिधिले निरीक्षण गरिरहेका छन्। त्यहाँको निरीक्षणपश्चात अनुमोदन गरेपछि भदौ १५ गतेसम्म अन्तिम निर्णय गरिने राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसीङले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

गण्डकी प्रदेशको केन्द्र रहेको कास्कीमा एथलेटिक्स, फुटबल, क्रिकेट, पुरुष भलिबललगायत अघिकांश खेलका प्रतियोगिता आयोजना गर्ने तयारी छ। त्यसबाहेक म्याग्दी, गोरखा, स्याङ्जा, नवलपुर, गोरखा, तनहुँ र लमजुङलगायतका जिल्लामा पनि केही खेलका प्रतिस्पर्धा सन्चालन गर्ने प्रस्ताव छ।

यद्यपि, यसको सम्भाव्‍यता अध्ययन भइरहेको छ। म्याग्दीमा महिला भलिबल, नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा कवड्डी र खोखो खेल सञ्चालन गर्न प्रस्ताव गरिएको छ । तर, सम्बन्धित खेल संघले स्थलगत निरीक्षण गरेपछि मात्रै अन्तिम टुंगो लाग्ने सदस्य सचिव घिसिङले बताए।

उनका अनुसार गण्डकीका सबै जिल्लामा प्रतियोगिता गर्ने भनिए पनि विधि कारणले कतिपय जिल्लामा गर्न संभव भएको छैन। अल्टिच्युडका कारण पनि खेलाउन कठिन भएको छ , उनले भने ।

नवौं राष्ट्रिय खेलकुदमा २ प्रदृशनी खेल र ३६ नियमित खेलसहित ३८ खेल समावेश गरिएको छ । सात प्रदेश, तीन विभागीय र विभागीय टिमकै हैसियदमा गैरआवासीय नेपाली संघ गरी ११ टिमको सहभागिता रहने प्रतियोगितामा ३ सय ९३ स्वर्ण, ३ सय ९३ नै रजत र ६ सय कांस्यका लागि प्रतिस्पर्धा हुँदैछ ।

घिसिङका अनुसार एउटा टिममा अधिकतम ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ।

२५ गतेसम्म खेलाडीको नाम दर्ता गरिसक्नुपर्ने

राखेपले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म खेलाडीको नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यसपल्टको प्रतियोगितामा अधिकतम ७ हजार ७९९ जना खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि सरकारले विनियोजन गरेको ६० करोड बजेटमध्ये १० करोड निकासा भएको सदस्यसचिव घिसिङले जानकारी दिए। ६० करोड बजेट तीन चरणमा निकासा हुनेछ ।  हरेक प्रदेशले ४९–४९ लाख   र एनआरएनसहित चार विभागीय टिमले ९–९ लाख रुपैयाँका दरले राखेपबाट नवौं खेलकुदको तयारीका लागि खर्च पाउँनेछन्।

राखेपले यस संस्करणदेखि प्रतियोगिताको विजेता टिमलाई १० लाख रुपैयाँ बराबरको रनिङ ट्रफी दिने निर्णय गरेको छ । ट्रफीको डिजाइन तयार भएर निर्माणका लागि पठाइएको घिसीङले बताए ।

उनका अनुसार राखेपले नवौं खेलकुदलाई बढिभन्दा बढि प्रविधिमैत्री बनाउन मोबाइल एप्स र विशेष वेवसाइट सन्चालन गर्ने तयारी गरेको छ र्।  मोबाइल एप्स र विशेष वेवसाइट सन्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ , सदस्यसचिव घिसिङले जानकारी दिए ।

एप्समा नवौं खेलकुदमा सहभागी खेलाडी, अफिसियल लगायतको नामावली उल्लेख हुनेछ। यसैगरी यो एप्समा राष्ट्रिय खेलकुदको इतिहास पनि अटाउने प्रयास गरिनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *