प्रतिनिधिसभा र चिनियाँ जनकंग्रेसबीच ६ बुँदे समझदारी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – नेपालको प्रतिनिधिसभा र जनवादी गणतन्त्रचीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। जनकंग्रेसका अध्यक्ष ली चान्शुको औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार दुई देशको संसदबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका सभामुख अग्नि सापकोटा र चान्शुले हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रणका क्रममा नेपाल सरकार र चीनबीच भएको विकास र समृद्धिको लागि चिरकालसम्म मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धनलाई अभिवृद्धि गर्ने निर्णयलाई आधार मान्दै दुई देशका संसदबीच सहयोग र सद्भाव कायम रहने उल्लेख छ।

पत्रमा आपसी विश्वास सुदृढ र विकास गर्ने, एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एक अर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्ने उल्लेख छ।

समझदारी पत्रमा दुई संसदबीच भ्रमणको आदान प्रदान बढाउने, संसदका मैत्री समूहहरुलाई सक्रिय बनाउने जस्ता कुरा पनि उल्लेख गरिएको छ।

यस्तो छ समझदारीपत्र

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *