निर्वाचनमा कांग्रेसको पक्षमा परिणाम आउँछ : भेषबहादुर कार्की

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
भेषबहादुर कार्की, क्षेत्रीय सभापति, नेपाली काँग्रेस, भक्तपुर क्षेत्र नं २

भेषबहादुर कार्की नेपाली राजनीतिमा चिनाइ रहनु पर्ने नाम होइन । उहाँ नेपाली काँग्रेस भक्तपुरको क्षेत्र नं २ को क्षेत्रीय सभापति हुनुहुन्छ । कार्की राजनीतिक आरोह अवरोहको क्रममा २०४२ साल जेठ १० गते नेपाली काँग्रेसले आवहान गरेको “सत्याग्रह” मा जेठ १० गते स्वेच्छिक गिरफतारी दिएर नख्खु कारागारमा रहनु भयो । २०४६ साल फागुन ७ गते बाट सर्वोच्च नेता गणेशमान सिंहले आव्हान गर्नुु भएको जनआन्दोलनको क्रममा गिरफतारी दिएर सेन्ट्रल जेलबाट चौतारा जेल सरुवा हुनु भयो । २०४२ सालमा जगन्नाथ आचार्यको सभापतित्व मा रहेको नेपाली काँग्रेस भक्तपुरमा जिल्ला सदस्य रहनु भयो । यस क्रममा उहाँ २०४९ मा भक्तपुरस्थित गुण्डु गाउँ विकास समितिको सभापति निर्वाचित हुनुभयो । आठौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि–१०औँ महाधिवेशनमा महासमिति सदस्य र १४ औ महाधिवेशनमा भक्तपुर क्षेत्र नं २ को क्षेत्रीय सभापति निर्वाचित हुनु भयो । प्रस्तुत छ क्षेत्रीय सभापति भेषबहादुर कार्कीसँग गरिएको कुराकानीको मुख्य अंश ः

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई कसरी हेर्नु भएको छ ?
नेपाली काँग्रेसले गत स्थानीय निर्वाचनमा देशैँभर राम्रो मत पाएको छ । ०७४को स्थानीय निकायको निर्वाचन भन्दा काँग्रेसको पक्षमा लहर नै आएको र जित हात पारेको जगजाहेर नै छ । आउँदो ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि नेपाली काँग्रेसको पक्षमा आउने स्पष्ट छ । ढुक्क हुनुहोस्, नेपाली काँग्रेसको जित निश्चित छ । नेपाली जनता, आम मतदाताको नं १ को रोजाई काँग्रेस देखिएको छ ।

तपाई भक्तपुर क्षेत्र नं २ बाट उठ्ने चर्चा छ नि ?
जहाँसम्म यस क्षेत्रबाट मेरो उम्मेदवारीको कुरा छ, मेरो रोजाई भक्तपुर क्षेत्र नं २ प्रदेश क हो । यो क्षेत्रमा मैले लामो यात्रा गरेर, धेरै आरोह अवरोह पार गरेर, काँग्रेसलाई जिरो अवस्थाबाट हिरो बनाउन अथक परिश्रम गरेको व्यक्ति हुँ । आउँदो निर्वाचनमा मलाई प्रदेशले, क्षेत्रले र जिल्लाले पनि उम्मेदवारको लागि नाम सिफारिस गरेर पठाएको छ । मेरो नाममा केन्द्रले टिकट दिने धेरैको विश्वास छ । पार्टीले पत्यायो भने अघिल्लो पल्ट यस क्षेत्र, प्रदेश र नगरमा काँग्रेसले जुन हार व्यहोर्नु परेको थियो, त्यो जितमा बदल्न सकिने पूर्ण विश्वास छ ।

तपाईले यस क्षेत्रमा जित्ने आधार बताइ दिनुस न ?
यो क्षेत्र नं २ नेपाली काँग्रेसको गढ नै हो । अघिल्लो निर्वाचनमा यस जिल्लाबाट दमन ढुङ्गानालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउँदा काँग्रेसले पराजय व्यहोर्नु प¥यो । यस पाला यस क्षेत्रको मतदाताहरु सँग घुलमिल भएको, जनताको सुख–दुःखको साथ दिने, जनताले विश्वास गरेको, पंचायतको जरै देखि फाल्न, निरंकुस राजतन्त्र फाल्न र संघीय गणतन्त्र स्थापना गर्न निरन्तर लागिरहेको व्यक्तिलाई उम्मेदवार देख्न यस क्षेत्रका मतदाताहरुको तीव्र चाहना छ । त्यस मानेमा मेरो यस प्रदेशमा परिचय नै जँुगाको देखि नउम्रदै देखि प्रजातन्त्रको आन्दोलनमा लागेर खरो उत्रने व्यक्तिमा पर्छु । जनतालाई पंचायतको निरंकुशतन्त्र, राजाको तानाशाही र कम्युनिष्टको अराजक एवं भ्रष्ट शासनका विरुध्दमा म सानै उमेरबाट क्रियाशील कार्यकर्ता हुँ । मतदाताको एक नम्बरको रोजाईमा पर्छु । मेरो जित्ने आधार जनताको पक्षमा निरन्तर लागि रहने एउटा इमान्दार कार्यकर्ताको रुपमा देखि रहनु नै हो ।

वर्तमान सत्ता गठबन्धनलाई कसरी लिनुभएको छ ?
कुनै पनि गठबन्धन आफैमा गलत हुँदैन । गठबन्धन आउँदो निर्वाचनमा बाधक नभई सायक बन्नुपर्छ । गठबन्धनको नाममा भागबण्डा खोजेर मात्र हैसियत उचो हुने होइन । ओम्नी काण्ड, सेक्युरिटी प्रेस काण्ड, बाइबेडी काण्ड, यति होल्डिङ्ग जस्ता अनेकन काण्ड सिर्जना गरेर, भ्रष्टाचारको संस्कृति सुरुवात गर्न केपी ओलीका अवशेषहरुलाई सदाको लागि पन्छाउन, जहाँ जसको बलियो अवस्था छ, सोही स्थानमा गठबन्धनका सोही पार्टीको जनप्रीय उम्मेदवारलाई उठायौ भने गठबन्धनको उद्देश्यले सार्थकता पाउँछ । भागबण्डा मात्र हेर्दा त फेरी मतदाताले अस्वीकार पनि गर्न सक्छन् । विश्वास गरौँ गठबन्धन कसिलो बनाउन चनाखो हुनुपर्छ र छ ।

सत्ता गठबन्धनलाई सिट संख्या मिलाउनेदेखि क्षेत्रगत उम्मेदवार चयन गर्न सकस परिरहेको देखिन्छ नि ?
गठबन्धन अलमल गर्नु हुँदैन । सिट बाँडकाँडमा मात्र गठबन्धन अल्झनु हुँदैन । हाम्रो मूल उद्देश्य त माथि भने जस्तै केपी ओलीका भ्रष्ट प्रवृत्ति चुच्चे नक्सा, रेल र पानी जहाजको बक्रदामहरुको तुस अन्त्य गर्न पनि गठबन्धनका दलको जहाँ बलिया उपस्थिति रहन्छ, उसैलाई बाँकी गठबन्धनले इमान्दारीपूर्वक सघाउनुपर्छ । हाम्रो प्रमुख उद्देश्य भ्रष्टाचारको अन्त्य र सुशासन को सृजना हो भन्ने लक्ष्य लिएर सिट बाँडफाँडमा लाग्ने हो भने समस्या पर्ने छैन ।

यो गठबन्धनल कहिलेसम्म रहला ?
सुशासन स्थापना गर्न, भ्रष्टाचार मुक्त देश बनाउन, सिट बाँडफाँड गर्नु भन्दा जहाँ जस्को प्रखर उपस्थिति छ, त्यसैलाई सघाएर अगाडी बढ्ने सहृदयता, सदासयता देखाएमा गठबन्धन लामो अवधि जान्छ । होइन भनेपछि निर्वाचनमा पनि गठबन्धन टुट्दैन भन्न सकिन्न । लामो समय जान गाह«ो हुन्छ ।

काँग्रेसभित्रै अन्तर्घात हुने संभावना कत्तिको देख्नु हुन्छ ?
उम्मेदवारीको टिकट मेरो लागि मात्र हो म मात्र नेपाली काँग्रेस हुँ, मैले फलाना नेतालाई चिनेको छु भन्ने र काँग्रेसलाई जिताउन भन्दा मैले जित्नुपर्छ भन्ने भावना राख्ने एक–दुई व्यक्तिहरुले हरेक चुनावमा, हरेक क्षेत्रमा साना–तिना अन्तर्घात गरिरहेकै छन् । यसपाला एमालेको पेलाइबाट उम्किन अन्तर्घात नहुने प्रष्ट छ । नगन्य र लुकेर अन्तर्घात पनि नहुने प्रष्ट छ । तर हरियो घाँसमा लुकेका हरियो सर्पहरु घाँस जस्तै हुन्छन् र घाँसमा मै बिलाउँछन् ।

काँग्रेसमा शेरबहादुर देउवाको नेतृत्वलाई कसरी लिनु भएको छ ?
यसै मेसोमा भन्नुपर्दा शेरबहादुर देउवा अघिल्लो २०७४ को निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन नसक्दा केही आलोचित हुनुहुन्थ्यो । उहाँलाई भाग्यले साथ दियो । १६५ क्षेत्रमध्ये जम्मा २३ सिट र ११० समानुपातिकमा ४१ सिट गरी, ६४ सिट प्राप्त नेपाली काँग्रेस कहाँ, दुई तिहाइ मत प्राप्त नेकपा (कम्युनिष्ट) कहाँ ? उहाँकै सवल र सक्षम नेतृत्वबाट नेपाली काँग्रेस सत्तामा पुग्यो । सातवटै प्रदेशमा हारेको काँग्रेस सत्तारुढ भयो । गत स्थानीय निर्वाचनमा प्रथम स्थान लिन पुग्यो । यसरी हेर्दा देउवाको नेतृत्व सफल देख्छ । उहाँको नेतृत्वमा आउँदो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेसले आफ्नो स्थान मजबुत र अब्बल बनाउने स्पष्ट छ ।

नेपाली काँग्रेस भित्र पनि सभापति देउवा र शेखर कोइराला समुहबीच आपसमै गुटबन्धी देखिन्छ नि ?
त्यसो त प्रजातान्त्रिक पार्टीमा आपस्तमा प्रतिस्पर्धा हुन्छ । जिवन्त पार्टीमा क्रियाशील नेतृत्वको आपसमा प्रतिस्पर्धा हुन पनि पर्छ । यस्तोमा गुटबन्दी हुन्छ नै । तर सतहमा देखिएको देउवा र कोइरालाबिच देखिएको आउँदो निर्वाचनमा जाँदा रहदैन । नेतृत्वले आपसमा बसेर सबै साथीहरुलाई एक बनाउन देउवा र कोइरालाहरु लाग्नु हुनेछ भन्ने विश्वास लिएको छु ।

सत्ता गठबन्धनले बाहिर रहेको एमाले लगायतका राजनीतिक दलहरुको क्रियाकलापलाई यहाँले कसरी लिनु भएको छ ?
संसदमा जसले बहुमत पू¥याउँछ, सत्ता उसैले चलाउने शास्वत नियम हो । गत निर्वाचनमा एमाले गठबन्धनलाई राम्ररी मिलाउन नसक्दा एमाले क्षतविच्छेद भयो । आउँदो निर्वाचनमा काँग्रेस गठबन्धनले विजयी भन्ने निश्चित छ । जनताको मतको कदर गर्न जान्नु पर्छ । जनतालाई उखान–टुक्का र भद्दा मजाक गरेकै भरमा भ्रम फैलाएर मात्र स्थायी सत्ता रहदैन भन्ने बुझ्नु पर्छ ।

गत निर्वाचनमा तपाईको क्षेत्रमा त एमालेको गढ देखिएको हैन र ?
भक्तपुरमा राजनीतिक आरोह अवरोह फेरिएको छ । भक्तपुरमा एमालेले पहिले हो अहिले वितेको होइन । यस पाला त्यो अवस्था छैन । मेरो क्षेत्र नं २मा दुई नगरपालिका पर्छ । दुवै नगरपालिकामा हाम्रो अवस्था ज्यादै मजबुत छ । मध्यपुर नगरपालिकाका मध्य ६ वटा वडामा हामीले जित निकालेका छौ , मेयर सहित । अर्को सूर्यविनायक नगरपालिकाको १० वडामा ५ वडामा हामीले वडाध्यक्ष सहित जितेका छौ भने वडा नं १ मा पनि सदस्य जितेका छौ, कम्युनिष्ट (एमाले) को रवैया मतदातालाई अनेक प्रलोभन दिने, जितेपछि इमान्दार नबन्ने, भ्रष्टाचार, अनियमितता र थिचोमिचो गर्ने प्रवृत्तिको कारण दिनप्रतिदिन काँग्रेसको पक्षमा जनमत बढिरहेको छ । हेर्नुहोस, झुठमुठको खेती र गुण्डागर्दी गरेर एमालेले लगेको क्षेत्र यसपाला जनमतको बलबाट खोसेर हामीले फिर्ता ल्याउदै छौ । हामी भक्तपुरका दुवै क्षेत्र प्रत्यक्ष र चारवटै प्रदेश जित्दै छौ ।

अन्तमा तपाईको सन्देश ?
आउँदो निर्वाचनमा लोकतन्त्रलाई संस्थागत गर्ने, लोकतन्त्रको उपलब्धि जनताको घर दैलोमा पु¥याउने र हामी सबैको पहिलो कर्तव्य निर्वाचन सफल बनाउनु हो । २००७ सालदेखि निरंकुशताको विपक्षमा संघर्षशील नेपाली काँग्रेस र यति बेला भएको गठबन्धनलाई देशैँ भर विजय गराउनु हुन समस्त देशवासीमा हार्दिक अपिल गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *