कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले पाए २५ मत

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापाले २५ मत पाए। कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *