काठमाडौं । मित्र राष्ट्र चीनको हाङझाउमा आगामी सेप्टेम्वरमा हुन गईरहेको १९ ओैं एशियन गेम्सको लागि कराते खेलको खुल्ला राष्ट्रिय कराते छनौट प्रतियोगता आज शुक्रवार देखि शुरु भएको छ । आज पहिलो दिन ३ स्वर्णको टुंगो लागेको छ । जस अन्तर्गत पुरुष एकल काता तर्फ स्वनिम मानन्धर ( सशस्त्र प्रहरी ) -प्रथम,प्रविन मानन्धर (नेपाली सेना ) दोश्रो,प्रहरीका महेश मोक्तान तेश्रो र बागमतीका रेहान जावेद तेश्रो भए ।
महिला तर्फ एकल कातामा नेपाल प्रहरीकी चन्चला दनुवार प्रथम,कर्णलीकी एलिशा रास्कोटी मगर दोश्रो,नेपाली सेनाकी रिना श्रेष्ठ र नेपाल प्रहरीकी सरु कार्की तेश्रो भईन ।त्यसैगरि पुरुष तर्फ -६० किलो तौल समुहमा नेपाल प्रहरीका सोनाम लामा प्रथम र नेपाली सेनाका बिजय रिमाल दोश्रो भए । पुरुष तर्फ -६०,-६७,-७५,-८४,+८४,एकल काता र महिला तर्फ -५०,-५५,-६१,-६८,+६८ र एकल काता गरि १२ वटा ईभेन्टसमा प्रतिस्पर्धा भईरहेको उक्त प्रतियोगिताका बाँकी प्रतिस्पर्धाहरु भोली ७ गते सन्चालन हुनेछन ।आजै एक बिशेष कार्यक्रम बिच कार्यक्रमको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्नुभयो ।
पुर्व सदस्य सचिव तथा बर्तमान नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ,नेपाल कराते महासंघका सह अध्यक्ष दावा गुरुङग,कराते महासंघका सदस्य एवम सोतोकान करातेका प्रमुख प्रशिक्षक निवास गोपाल बैध लगायत सम्पुर्ण कराते महासंघका पदाधिकारी,राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रीहरु,प्रशिक्षकहरु,खेलाडी तथा खेलकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । सातदोवाटो ललितपुर स्थित कराते एकेडेमीमा सन्चालित उक्त कार्यक्रम नेपाल सतोरियो कराते संघका प्रबक्ता तथा सिनियर कराते प्रशिक्षक गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ ले सन्चालन गर्नुभएको थियो । प्रतियोगिता भोली ७ गते आईतवार सम्म चल्नेछ ।