गाई काटेर खानु राष्ट्रकै अपमान हो

विचार
खवर पाटी (खोज खबरको अभियान)

आर के बस्नेत
यतिबेला देशमा राजनीतिक स्थिरता छैन । देशमा धार्मिक, जातीय द्वन्द्वको विजारोपन भइसकेको अवस्था छ । सिमित व्यक्तिहरुले आफ्नो फाइदाका लागि गाई गोरु काटेर खाएर सामाजिक सञ्जालमा पोष्ट गरी जातीय एवं धार्मिक द्वन्द्व, निम्ताउन खोजिरहेका छन् । त्यसको विरोध गर्नका लागि शान्तिपूर्ण तवरले प्रदर्शन गर्न खोज्दा एकतर्फी रुपमा सरकारले निषेधाज्ञा जारी ग¥यो धरानमा । यो अव्यवहारिक छ । र हिन्दुहरुले विरोध प्रदर्शन गर्न पनि वन्देज लगाउन खोजेको हामीले महसुस गरिरहेका छौ । किनभने उक्त कार्यमा संलग्न नेपालको संविधान विपरित राष्ट्रिय जनावर काटेर खानु कानून विपरित मात्र होइन ८९ प्रतिशत हिन्दुको अपमान हो । उक्त निन्दनीय कार्य गर्नेको हामी घोर भत्र्सना गर्दै निजहरुलाई अभिलम्ब कारवाही गर्न माग गर्दछौ ।
नेपाल सानो देश भएपनि जात धर्म रितिरिवाज आफ्नै छ । हिन्दु धर्म हाम्रो पहिचान हो, स्वाभिमान हो । यसरी वैदिक सनातनीहरु माथि हुँदै आएका हमला हामी कसरी सहने, कसरी चुप लागेर बस्ने ? त्यसैले नेपालमा हिन्दु धर्मलम्वीहरुले गरेका कार्यक्रममा भने ठाडै हमला गर्ने तर गाई काटेर खाने अराजक नक्सलवादीहरुलाई तुरुन्त कारवाही गर्नु पर्छ । गाई काटेर खानु भनेको हाम्रो राष्ट्रियता माथि नै अपमान हो ।

हाम्रो धर्म संस्कृतिमाथि खुलेआम प्रहार हुँदा पनि राज्य मौन बसिरहेको छ । हामीले विरोध गर्दा पनि प्रशासनले हामीलाई निस्तेज पार्न खोजिरहेको छ । यसरी हिन्दुहरुमाथि खुलेआम राज्य नै हामी विरुद्ध लागेको महसुस भइरहेको छ । एकातिर विदेशीहरु कसरी नेपालमा आफ्ना सेना भित्र्याउने भनेर विभिन्न वहाना खोजीरहेका छन् । अर्काेतिर उनीहरु जात जातीमा लडाई, धार्मिक युद्ध गराएर देशमा अशान्ति अराजक गतिविधी गराई अशान्त, अन्यौल देशलाई बनाएर विदेशी सेना नेपालमा भित्र्याउन खोजिरहेका छन् । छिमेकी राष्ट्र चिन विश्वको शक्तिशाली राष्ट्र बन्ने अभियानमा छ । अरु देशमा खेल्ने ठाउँ नपाउँदा नेपाली भूमि प्रयोग गरी तिब्बत फुटाउने रणनीतिमा विदेशी राष्ट्रहरु लागिरहेका छन् । त्यसै गर्दा उक्त कार्यमा संलग्न जो भएपनि कानूनी दायरामा ल्याएर नेपाललाई शान्त र स्वाभिमानी राष्ट्रको रुपमा राख्नु पर्छ । हाल देखा परिरहेको यो विषय सामान्य होइन, यसलाई हामीले सुक्ष्म रुपमा अध्ययन मनन गर्नुपर्छ । यसैले हाम्रो मुलुकमा कुनै पनि राष्ट्रको विरुद्ध खेल्न ठाउँ बन्न दिनु हुँदैन, तसर्थ यो समस्याको समाधान सरकारले छिटो भन्दा छिटो निवारण गर्न जरुरी देखिन्छ ।
(लेखक बस्नेत राप्रपाको आ. केन्द्रीय सदस्य तथा युवा नेता हुनुहुन्छ ।)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *