नयाँ शिक्षा ऐनले शिक्षक हितको ग्यारेन्टी गर्नुपर्छ : सुवेदी

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। नेपाल शिक्षक महासंघका संघीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संघीय संसदमा निर्माणको क्रममा रहेकोे शिक्षा ऐन संपूर्ण शिक्षकहरुको हितको ग्यारेन्टी पत्रको रूपमा आउनुपर्ने बताएका छन् । शिक्षक दिवसको अवसरमा गत बैशाख ३० गते नेपाल शिक्षक संघ, काठमाडौं महानगर समितिले नन्दी मा. बि. नक्सालमा आयोजना गरेको एक कार्यक्रममा महासंघ अध्यक्ष सुवेदीले शिक्षा ऐनलाई पूर्ण रूपमा शिक्षक मैत्री बनाउन नेपाल शिक्षक महासंघ लागीपरेको दावी गरे। उनले अब बन्ने शिक्षा ऐनलाई शिक्षकहरुको अधिकतम पेशागत हित अनुकुल बनाउने उद्देश्यले विभिन्न सरोकारवालाहरुसंग निरन्तर सहकार्यमा रहेकोे बताए । सो अवसरमा नेपाल शिक्षक संघकासंघीय अध्यक्ष सोमनाथ गिरीले नेपाल शिक्षक संघ मुलुककै सबैभन्दा ठूलो शिक्षक संगठन रहेकोे दावी गर्दै यसलाई मर्यादित,लोकतान्त्रिक र पेशागत कर्तव्य प्रति समर्पित आधुनिक संगठन बनाउन शिक्षक संघ आवद्ध शिक्षकहरुलाई आह्वान गरे। अध्यक्ष गिरीले बामपंथी बिचार बोक्ने शिक्षक नेतृत्वमार्फत शिक्षक महासंघलाई जिफन्टको एक भगिनी संस्थाको रूपमा अघि बढाउन खोजिएको षड्यन्त्रलाई रोक्न आफूहरू सफल भएको बताए । उनले निकट भविष्यमा नेपालका सामूदायिक बिद्यालयहरुमा एक लाख भन्दा बढी नयाँ शिक्षकहरुको नियुक्ति हुने भएकोले ती नयाँ शिक्षकहरुको निम्ति एक सुरक्षित र गर्व गर्न योग्य माउ संगठनको रूपमा नेपाल शिक्षक संघलाई परिष्कृत ढंगले अघि बढाउन सबैको सहयोगको आवश्यक रहेको बताए । सो अवसरमा नेपाल शिक्षक संघका संघीय महासचिव ज्ञानेन्द्र रावलले सरकारद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि प्रकारले शिक्षक हित बिरुद्ध गतिविधि गर्छ भने नेपाल शिक्षक संघ त्यसको प्रतिकारमा तयार रहने उद्घोष गरे। नेपाल शिक्षक संघ ,काठमाडौं जिल्ला अध्यक्ष मञ्जु श्रेष्ठले शिक्षक हक हितको संरक्षणमा शिक्षक संघ काठमाडौं जिल्ला कार्यसमिति चनाखो रहेकोे बताइन्। नेपाल शिक्षक संघ काठमाडौं महानगर समितिका अध्यक्ष मेघ बञ्जाराले बद्लिंदो समय अनुसारका शिक्षण विधि र प्रविधिमा नेपाल शिक्षक संघ आवद्ध शिक्षकहरुले जोड दिनुपर्ने बताए । उनले काठमाडौं महानगर भित्रका शिक्षकहरुको पेशागत सुरक्षा र अन्य थप सुबिधाको निम्ति आफू निरन्तर कृयाशिल रहेको दावी गरे।नेपाल शिक्षक संघको काठमाडौ जिल्लाका अन्य नगर समितिहरु मध्ये बाट चन्द्रागिरी नगर समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।नेपाल शिक्षक संघ काठमाडौं महानगर समिति सदस्य निशा भुजेलको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा नेपाल शिक्षक संघका वागमती प्रदेश उपाध्यक्ष अनिल कुमार झा, उप महासचिव ओम प्रकाश बञ्जाडे, काठमाडौंका पूर्व जिल्ला अध्यक्ष राजेन्द्र अधिकारी, निशा बस्नेत, महिला शिक्षक सञ्जालिका राष्ट्रिय अध्यक्ष डाक्टर जानुका नेपाल,  काठमाडौं जिल्लाका विभिन्न नगरपालिकाका शिक्षक संघका पधाधिकारीहरु,काठमाडौं महानगरका विभिन्न बिद्यालयका प्रधान अध्यापकहरु, नेपाल शिक्षक संघका वडा संयोजकहरु लगायत आम शिक्षकहरुको उपस्थिति रहेकोे थियो । सो समारोहमा नेपाल शिक्षक संघ, काठमाडौं महानगर समितले प्रकाशन गरेको २०८१ सालको भित्ते पात्रोको लोकार्पण पनि गरिएको थियो । नेपाल शिक्षक संघका महानगर समिति सचिव बिनोद कुमार ओझाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *