सहकारीको ठगी नियन्त्रण गर्न प्रभावकारी कानुन बनाउन सुझाव

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगी नियन्त्रण गर्न हालको कानुनले समाधान नदिए प्रभावकारी कानुन निर्माण गर्न सुझाव दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा महान्यायाधिवक्ता रमेश बडालले सहकारी क्षेत्रलाई समस्यामुक्त बनाउन प्रभावकारी कानुन चाहिने सुझाव दिए ।

समितिले सुझावका लागि महान्यायाधिवक्ता बडालसहित सर्वोच्चका वरिष्ठ रजिस्ट्रार देवेन्द्रराज ढकाल, नायव महान्यायाधिवक्ता र सहमहान्यायाधिवक्तासमेतलाई बोलाएको थियो ।

छलफलका क्रममा सहकारी ठगी सम्बन्धमा सहकारी ऐनअनुसार सहकारी ठगी र अपराध संहिताअनुसार ठगीमा मुद्दा चलाउने समय नपुगेकाले नयाँ प्रबन्ध गर्नुपर्ने सुझाव आएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । उनीहरूले सहकारी ठगीमा प्रहरीले जाहेरी लिन नमाने सरकारी वकिलमार्फत पनि जाहेरी दिन सकिने प्रबन्ध रहेको बताएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *