गीतकार टीका चामलिङलाई आर्थिक सहयोग हस्तान्तरण

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हेड एण्ड नेकको क्यान्सर रोगबाट पीडित भएका गीतकार टीका चामलिङलाई उपचारका लागि हङकङबाट चार लाख संकलन गरी सहयोग हस्तान्तरण गरिएको छ । हङकङमा रहेका गीतकार संघ नेपालका आजीवन सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा संकलन भएको सहयोग रकमलाई हस्तान्तरण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ र डा.भक्त राईले गीतकार चामलिङको निवास भक्तपुरमा पुगेर रकम हस्तान्तरण गरेका थिए । हङकङबाट संलकन रकमसँगै गीतकार संघमा संकलन भएको ३५ हजार ७ सय ३९ रुपैयाँ रकमसहित जम्मा चार लाख ३५ हजार ७ सय उनान्चालिस रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *