नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं: एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन ।

जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे । पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउदा जोर्डम दबावमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुआती एघारमा स्थान बनाएका दीपले खेलको ४३ औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपाल बिना अंक समूह बीको पुछारमा छ । आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासंग १-० ले पराजित भयो । अब नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *